प्रधानमन्त्री ज्यु भारत भ्रमण कसरी सफल ?

0
999

बिबादास्पद र राष्ट्रघात हुने कुनै पनि सम्झौता नगर्ने उद्धघोष गर्दै दोस्रो कार्यकालको पहिलो भारत भ्रमण गएका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भ्रमण सफल भएको दोहो¥याएका छन् । उनको भ्रमणका क्रममा मात्रै ३ बुंदें सम्झौता भएको छ त्यसमा तराईमा निर्माणधिन हुलाकी राजमार्गको काम अगाडी बढाउने,भूकम्प पछिको पुनःनिर्माणमा सघाउन ७५० मिलियन अमेरीकी डलर ऋण दिने सहमती पत्रमा हस्ताक्षर गर्नु बाहेक अरु के गरे र उनको भ्रमण सफल भयो ? उनले जानेन् वा भन्न आंट गरेनन उनको भ्रमण फलदायी होइन हानीकारक बन्यो । सार्वभौम राष्ट्रको संबिधान प्रति असहमती राख्ने छिमेकीको रबैयालाई उनको भ्रमणले मल जल गर्यो । संयुक्त बिज्ञप्तीको बुंदा नं १३ मा नेपालको संबिधान अपुरो रहेको कुरा स्थापीता गराउंदा उनले किन त्यसलाई सहजै स्विकार गरे ? यो गम्भिर प्रश्न हो । यसले नेपाली प्रधानमन्त्रीको औकात कति सम्म हो भन्ने पुष्टि गरेको छ । यो भ्रमण यति सम्म हानी कारक बन्यो की भारतीय सहयोगमा बन्ने बिकास निर्माण आयोजना संयुक्त रुपमा अनुगमन गर्ने भन्ने अर्को गम्भीर त्रुटि संयुक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ । यस्ले चारतीय दुतावास र नेपाल सरकारको मन्त्रालयको हैसियत समान रहेको संकेत गर्छ । दाहालको भ्रमणबाट उपलब्धि भन्दा पनि देशको शिर झुकेको धेरैले महसुश गरेका छन् । जहां सम्म भूकम्प पछिको पुननिर्माण गर्न सहुलियतमा ऋण दिने सम्झौता छ जुन २०७१ साल असार १० गते भएको दाता सम्मेलनमा भारतले प्रतिबद्धता जनाएको सहयोग रकम नै हो जस्का लागि प्रधानमन्त्रीले यत्रो ढ्नाङ फुक्नै पर्दैन । तसर्थ प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको उनको भनाई पुष्टि गर्ने कुनै पनि आधार भेट्न सकिंदैन ।