एनआरएनए अमेरिकाको अध्यक्षमा पुनः डा. पौडेल निर्वाचित ।

0
2516

२३ भदौ ,अमेरीका । गैर आवासीय नेपाल संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा पुनः डा. केशव पौडेल निर्वाचित भएका छन् ।यसअघि सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थीए । विगतमा कांग्रेसको भातृ संगठन, नेपाली विद्यार्थी संघको केन्द्रीय राजनीतिमा सक्रिय पौडेल, पेशाले चिकित्सक हुन् । एनआरएनए अमेरिकाको निर्वाचन आयोगका अनुसार मंगलबार र बुधबार सम्पन्न निर्वाचनमा पौडेलले ४ हजार २ सय २९ मत प्राप्त गरेका थीए । उनका निकटतम प्रतिस्पर्धी रविना थापाले ३ हजार ८५ मत प्राप्त गरेकी थीइन । यस्तै एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षमा टेक्सासका सूचना प्रविधि सम्बन्धी व्यवसायी सुनिल शाह एवं महासचिवमा न्यूयोर्कका बाबुराम लामा निर्वाचित चएका छन् ।

चार उपाध्यक्षहरुमा राधा पौडेल, रामकुमार सवेदी, जेदु पोखरेल, र उमा थापा कार्की निर्वाचित भएका छन् । सचिवमा होमनाथ गौतम, कोषाध्यक्षमा डा प्रकाश अर्याल एवं सहकोषाध्यक्षमा पवन योञ्जन निर्वाचित भएको बताइएको छ । यस्तै इन्दिरा त्रिपाठी, महिला संयोजक र स्वराज खाती, युवा संयोजकमा चनिएका छन् । कार्यसमितिको सदस्यहरुमा डा अर्जुन बन्जाडे, कृष्ण लामिछाने, सञ्जय थापा, तृष्णा शर्मा, दिव्या केसी ओली, अमृत कट्टेल, प्रितीसागर खत्री र गोपेन्द्रराज भट्टराई निर्वाचित भएका छन् । यस्तै विन्दु सापकोटा, बलराम थापा र आङ्गनिमा शेर्पा पनि सदस्य पदमा निर्वाचित भएका छन् । आईसीसी सदस्यहरुमा गोमा सेन, धर्म भट्टराई, विष्णुमान प्रधान, प्रकाश सापकोटा, बन्दना कोइराला, वेदराज बस्नेत, डिल्ली भट्टराई र बलराम थापा निर्वाचित भएका छन् ।