चीनियाँ अनर मोबाइल नेपाली बजारमा, विभिन्न ४ मोडलमा उपलब्ध ।

0
887

काठमाडौ पुस १९ । चीनको सबैभन्दा ठुलो टेलिकम कम्पनीको सह–ब्राण्ड अनर नेपाल भित्रिएको छ । राजधानीमा एक कार्यक्रमका बीच अनर फोन सार्वजनिक गरिएको हो । क्रातोस टेक्नोलोजी प्रा लि अनरलाई नेपाली बजारमा प्रवेश गराउने एकमात्र आधिकारिक वितरक हो ।यो ब्राण्डको रचना नै डिजिटल दुनियाँको मागहरु सम्बोधन गर्ने गरी गरिएको थियो । यो फोन उत्कृष्ट उत्पादन भएको र यसमा प्रयोग गरिएको प्रविधिले उपभोक्तको मन जित्ने विश्वास कम्पनीले गरेको छ । प्रयोगकर्ताहरुलाई चलाउन उच्चतम्, उत्प्रेरित गर्ने कार्य, अद्भुत रचनात्मकता प्रदान गर्दछ र युवाहरुलाई उनीहरुको सपना प्राप्त गर्न सशक्त गर्ने कम्पनीको दावी छ । क्रातोस टेक्नोलोजीले नेपाली बजारमा हाल अनर सेभेन एस, अनर सेभेन ए, अनर ऐट एक्स र अनर प्ले नामका ४ मोडलहरु ल्याएको जनाएको छ ।