हेरिटेज वाक २०७६ सम्पन्न, मकै भटमासको स्वादले दंग परे पर्यटक ।

0
445

हेरिटेज वाक २०७६ सम्पन्न भएको छ । सम्पदाको संरक्षण गरी अन्तरािष्ट्रय स्तरमा प्रबर्दन गरौ भन्ने मुल उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा राजधानीका बाग्मती,विष्णुमती चक्रपथ सफाई अभियान लगायतका अन्य थुप्रै अभियानहरुको संयोजनमा भिजिट नेपाल २०२०लाई समेत प्रवद्र्धन गर्ने उद्धेश्यले राजधानीको वसन्तपुरबाट सुरुभएको र्याली स्वयंभुमा पुगेर समापन भएको थियो । स्वयंभुनाथ परिसरमा चक्रपथ सफाई अभियान कलंकी बालाजु खण्डका संयोजक तारा बहादुर कुँवरको संयोजकत्वमा मकै भटमास लगायत नेपाली परम्परागत खाना स्वदेशी तथा बिदेशी पर्यटकलाई बितरण गरिएको थियो । नेपाली मकै भटमासको स्वाद चाखे पछि बिदेशी पर्यटकहरु समेत दंग परेका थिए । कार्यक्रममा म्याराथुन धावक बैकुण्ठ मानन्धर लगायत सफाई अभिायनका अभियन्ताहरुको सहभागीता रहेको थियो । समापन समारोहलाई सम्बोधन गर्दै सांसद जिवनराम श्रेष्ठले यस्ता कार्यक्रमले राज्यले लिएको लक्ष्य हाँसिल गर्न मद्धत पुग्नेहुँदा समुदाय स्तरबाट यस्ता कार्यक्रमा जोड दिनु पर्ने धारणा राख्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै चक्रपथ सफाइ अभियान कलंकी बालाजु खण्डका संयोजक कुँवरले राज्यले चलाएको अभियान सफल बनाउनु हरेक नेपाली नागरिकको कर्तब्य भएको बताउँदै भिजिट नेपाल सफल बनाउन टोल टोलमा यस्तै जागरण मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने धारणा राखेका थिए ।