एनआरएनए दुवईमा वितण्डा, निर्दोषको बद्नाम गराउन भ्रमको खेति

0
467

एनआरएनए युएईमा केहि समय यता वितण्डा मच्चिएको छ । केहि व्यक्तिहरुले निर्दोष मान्छेहरुलाई फसाउनका भ्रमको खेति गर्न थालेपछि एनआरएन दुबईमा भएको वितण्डा छताछुल्ल भएको छ । केहि गलत नियत भएका व्यक्तिहरुले एनआरएनएका पदाधिकारीहरुको बद्नाम गराउन विभिन्न प्रपञ्च रच्ने र त्यसको समर्थनमा संघका अध्यक्ष प्रकाश कोइरालाले नै समर्थन गर्ने गरेका छन् ।
संस्थाभित्र गलत नियतका व्यक्तिहरु हावी भएका कारण केहि निर्दोष संघका पदाधिकारीहरुलाई निलम्बन समेत गरिएको छ । यसको यतिबेला चौतर्फी विरोध भएको छ । विवादको शुरुवात भने केहि व्यक्तिहरुलाई लाखौं रकम लिएर युके पठाउछु भन्दै युएई पुर्याएका थिए । एनआरएन युएईका पदाधिकारीहरुले दिएको जानकारी अनुसार युएई बस्ने श्याम थापा भन्ने व्यक्तिले ९ महिना अघि टिकाराम बोहरा र मनोहर केसी सहित कुल ६३ जनालाई युके पठाउछु भन्दै पैसा असुलेका थिए । सो घटनामा संलग्नहरुका अनुसार ति व्यक्तिहरले युके पठाउनका लागि भन्दै एक जना बराबर १० लाख रुपैयाँसम्म असुलेका छन् ।
थापाले यस अवधीमा दुई जना र अन्य ६१ जनालाई युके पठाउन नसके पछि कहिले युएइमै राम्रो जब दिलाउछु भन्ने त, कहिले नक्कली भिसा र अफर लेटर बनाएर देखाउन थाले जाने भनेकाहरु असन्तुष्ट देखिएका थिए । यो घटनाबाहिरिए पछि युएईमा झगडा समेत भयो । केहि व्यक्तिहरुले हानाहान गरेको तर त्यो घटनामा संघका पदाधिकारी रहेका निर्दोष व्यक्तिलाई समेत मुछेर सामाजिक सञ्जाल तथा केहि अनलाइनहरुमा अनावश्यक तरिकाले प्रचार गरिएको थियो ।                   
अनावश्यक पूचार पछि संघका अध्यक्ष कोइरालाले समेत गलत नियत भएका व्यक्तिहरुको समर्थन गर्दै बिओडिमा छलफल समेत नगरी हतारमा एनसीसी उपाध्यक्ष नरेश सेन, आरसीसी अध्यक्ष भिम मल्ल र उपाध्यक्ष निराजन खत्रीलाई निलम्बन गरेका थिए ।                                                                              उनीहरु स्वच्च छवी भएका व्यक्तिहरु हुन् । अहिले यसको चौतर्फी विरोध भइरहेको छ । अध्यक्ष कोइरालाको यस्तो घटनाका विरुद्ध धेरैले अहिले आवाज उठाएका छन् । घटना साम्य नहुञ्जेलसम्मका लागि भन्दै निलम्बन गरिएका पदाधिकारीहरुलाई यथाशिघ्र निलम्बन फुकुवा गर्नु पर्ने बताएका छन् ।

के हो घटना ?
घटनाका जानकारहरुका अनुसार एकदिन रजिन विश्वकर्माले दलाल श्यामलाई पक्रेर ल्याएका थिए । त्यहाँ रजिनसहित पीडितहरुको २० जनाको टोलि थियो ।
दलाललाई कारबाही गर्नका सल्लाह गर्न भन्दै त्यहाँ बोलाइएको थियो । जहाँ केन्द्रीय अध्यक्ष प्रकाश कोइरालाको प्रत्यक्ष निगरानीमा अध्यक्ष भिम मल्ल ठकुरी र उपाध्यक्ष निराजन खत्री पुगेका थिए । त्यहाँ पुगेपछि दलाल थापालाई प्रहरीलाई बुझाउछु भन्दै गाली गरि गरिएको थियो । शुरुमा पासपोर्ट दिन नमानेका दलाल थापाले मल्ल र खत्रीको दवावकै कारण लुकाएर राखेको १५ जनाको पासपोर्ट दिन बाध्य भए ।
त्यसो सकेर पैसा तिर कि घरको कागज पनि तिर भनेर दलाललाई थर्काइएको थियो । अन्य पीडित भए पनि पनि खबर गर्नु भनिएको थियो । कुरा लगभग मिल्ने क्रममा थियो । त्यसैबेला मनोहर लामिछाने केसी र टिकाराम बोहरा क.शिव नाम गरेका व्यक्तिहरु त्यहाँ आइपुगे । बोहरा पीडित मध्यकै व्यक्ति हुन् भने मनोहर भने दलालसँगै सम्बन्ध भएका व्यक्ति हुन् । आफ्नो पैसा खाएको भए पनि मनोहर श्याम थापासँग नजिक भएका व्यक्ति हुन् ।
यदि मनोहर वास्तविक पीडित हुन् भने श्याम थापा र उनीबीच भएको कुराले के जनाउँछ ?
सबै कुरा मिलिसके पछि मनोहर र टिकारामलाई बोलाएर निराजनले समस्या के हो भनेर सोधेका थिए । रजिनले मनोहरलाई नक्कली कम्पनी भन्ने थाहाँ हुँदाहुँदै किन बोलाइस भनेर रिसाए । मनोहरले शुरुमा यो गलत हो भनेका थिए । पछि स्क्रिनसर्ट नै देखाए पछि लु के गर्छस भन्दै मनोहर जंगिए । त्यत्तिकैमा रजिनले गालामा थप्पड लगाए । अर्को खै साथी भन्दै खोजे । अर्को भनेको टिकाराम भन्ने व्यक्ति हुन् । टिकाराम निर्दोष थिए । तर उनलाई पनि एक झाप्पड हाने । टिकारामले पनि प्रतिकार गरे । रजिन लडेका थिए । झगडाले ठूलो रुप लियो । रजिनले टिकारामलाई लडाए । टिकारामको अनुहारमा चोट लाग्यो ।
त्यसपछि अरुमान्छेहरु बाटो लागे । अब त्यहाँ अध्यक्ष भिम मल्ल, उपाध्यक्ष निराजन खत्री, मनोहर र टिकाराम त्यहिँ थिए । यहिँ मिल्यौ भन्ने कुरा आएको थियो । त्यतिकैमा त्यहाँ अर्का एनआरएनका केन्द्रीय सदस्य सुजन सापकोटा अध्यक्ष मल्ललाई नानाथरी गाली गरे । विभिन्न विवादमा उनी पनि मुछिएका व्यक्ति हुन् ।
उनकै कारण यो घटना समाधान नभई थप बढेको श्राेेेत बताउछ। त्यहिँ प्रहरी आएको थियो । प्रहरीको एम्बुलेन्समा सामान्य डेसिङ गराएर छाडेको थियो ।

२ जनालाईमात्रै राहत बाडियो
यहिँ घटनालाई लिएर एनआरएनएका अध्यक्ष मल्ल र उपाध्यक्ष खत्रीका विरुद्ध अनावश्यक र झुठा प्रचारहरु भए । यो घटना बढ्दै गयो । एनआरएनका केहि व्यक्तिहरुले पार्टीगत हिसाबले राहत बाडेका थिए । केहि दिन पछि विवादित दुबईका केन्द्रीय अध्यक्ष प्रकाश कोइरालाले मल्ल र खत्रीलाई बैठकमा बोलाए ।
त्यस घटनामा ६२ जना पीडित व्यक्तिहरु थिए । अन्य धेरै समस्यामा पनि थिए । तर केहि जिम्मबेवार व्यक्तिहरुले २ जनालाई मात्रै राहत बाड्न गएका थिए । जुनकुरा एकदमै लज्जास्पद भएको बताउछन् । यस प्रकरणका अध्यक्ष प्रकाश कोइराला अहिले निस्काशनमा परिसकेका छन् ।
यो राहत बाड्ने टोलिमा निस्काशित एनआरएनए युएईका केन्द्रीय अध्यक्ष कोइराला, डिआरसीसी मध्य पूर्व संयोजक मनोज गोर्खाली, केन्द्रीय उपाध्यक्ष पासाङ शेर्पा जो अहिले राजिनामा दिइसकेका छन्, प्रवक्ता सुवास शर्मा, युवा संयोजक मदन अधिकारी लगायत थिए । घटना लम्बिदै जादा केहि गलत नियतका व्यक्तिहरुले उपाध्यक्ष निराजन खत्रीको व्यक्तिगत इज्जतमा आँच आउने गरी अनर्गल प्रचार गरेका थिए ।                        निलम्बन किन गरियो ?
गलत तरिकाले संस्थाका पदाधिकारीहरुलाई निलम्बवन गरिएको छ । जबकी अध्यक्ष प्रकाश कोइरालाले नै भिम मल्ल र निराज खत्री निर्दोष रहेको बताउदै आएका छन् । झगडा हुनुमा उनीहरुको केहि संलग्नता देखिएको छैन ।
यसको सबै प्रमाणहरु सुरक्षित हुँदा हुँदै पनि बद्नाम गराउने उद्देश्यले प्रचारवाजी गर्ने गरिएको थियो । त्यसपछि कोइराला गलत नियत भएकाहरुबाट प्रभावित भइ निलम्बन गर्ने निर्णय गरेका थिए । अहिले भने उनी पनि निलम्बनमा परिसको छन् । केहिले पदाधिकारीहरुलाई आजिवन सदस्य नरहने गरी हटाइएको भनेर पनि प्रचार गरेका छन् । यो कुरा गलत भएको एनआरएनएहरु बताउछन् ।