सामाजिक उत्तरदायित्व पुरागर्दै लायन्स क्लब अफ काठमाडौं न्यू वेभ्स ।

0
163

लायन्स क्लब अफ काठमाडौं न्यू वेभ्स द्वारा कोभिड १९ को संकटमा विभिन्न अस्पतालहरुमा देखियको रगत अभाबलाई केहि हद्सम्म सहयोग गर्ने उद्स्येले काठमाडौं बु न पा ४, बुढानिलकन्ठ, पासिकोट्मा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बु न पा का मेयर उद्धव खरेल डिस्ट्रीक गर्भनर डा सुशीला मल्ल सहभागी सो कार्यक्रममा चालीस जना भन्दा बढी स्थानीय वासि लगायत लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योगका सदस्य तथा अन्य संघ संस्थाका सहभागीहरुले रक्तदान गरेका थिए । ब्यबस्थित रुपमा सामाजिक दुरि कायम गरि गरिएको रक्तदान कार्यक्रमलाई डिस्ट्रीक गर्भनर डा सुशीला मल्लले लायन्स क्लब अफ काठमाडौं न्यू वेभ्स को ब्यबस्थित कार्यक्रमलाई अन्य क्लबहरुले पनि अनुसरण गरि आगामी कार्यक्रमहरुको ब्यबस्थापन गर्न सक्नुपर्छ भनि प्रसंशा गर्नु भएको थियो त्यसतै मेयर उद्धब खरेल ले पनि अन्य संघ सस्था हरु भन्दा यस लायन्स क्लब अफ काठमाडौं न्यू वेभ्सले बिगतमा यस क्षेत्र भित्र गरेका कार्यक्रमलाई हेरि हालको असहज परिस्थितिमा पनि रक्तदान जस्तो पुनित कार्यक्रममा आफु पनि सहभागी भै सम्पन्न गर्न सहयोग गरेको बताउनुभयो । आजको कार्यक्रमलाई क्लब अध्यक्ष सन्जय खतिवडाको अध्यक्षतामा डिस्ट्रीक गर्भनर डा सुशीला मल्ल प्रमुख अथिति, मेयर उद्धब खरेल विशेष अतिथि सङै जोन चियर पर्सन सरिता चन्द लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योगका अध्यक्ष डा सुभाष घिमिरे लगायतको आतिथ्यता मा सम्पन्न आजको कार्यक्रम लाई स्थानीय समाजसेवी बिशाल बिक्रम ज्ञवाली, सुबास खड्का आशिष थापा लगायतको विशेष उपस्थितमा सहभागी सबैलाई क्लबका सचीव सुर्य प्रसाद दाहालले धन्यवाद संगै प्रमाण पत्र प्रदान गरि समापन भएको थियो ।