निषेधआज्ञा खुकुलो भोलीबाट जोर बिजोर प्रणली लागु ।

0
121

काठमाडौं, २४ भदौ । भोलि बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा केहि सहज हुने भएको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले जोर बिजोर प्रणालिबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेका छन्।

यसैगरी पसल पनि समय निर्धारण गरेर सञ्चालन गर्ने दिइने भएकाे छ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र व्यवसाय सञ्चालन गर्न दिने तयारी भएको हो।

भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा बुधबार राति सकिँदैछ।