समाजसेवी कुँवरको अगुवाईमा रक्तदान कार्यक्रम सम्पन्न । (भिडियो सहित )

0
191

चक्रपथ सफाई अभियान बाफलले कोभिड १९ का कारण रगतको अभाव भैरहेको भन्दै रक्तदान अभियान सुरु गरेको छ । अघिल्लो साताबाट सुरु भएको रक्तदान कार्यक्रममा आज २८ जनाले सहभागीता जनाएका छन् । कोभिडका बिरामीलाई प्लाज्मा थेरापीको माध्यमबाट उपचार गर्न सकिने भए पछि अस्पतालमा रगतको अभाव देखिएको अवस्थामा अभाव हुन नदिने उद्धेश्यका साथ नियमीत रक्तदान थालिएको समाजसेवी तथा संयोजक तारा बहादुर कुँवरले जानकारी दिनु भयो । हरेक स्वस्थ मानिसले ६,६ महिनामा रक्तदान गर्न सकिने चिकित्सकहरुले बताएका छन् । त्यसरी रक्तदान गर्दा शरीरलाई थुप्रै लाभ हुने भएकाले सबैले रक्तदान गर्न पनि कुँवरले अपिल गरेका छन् । निषेधआज्ञाका कारण बन्द रहेको आफ्नै पसलमा सामाजिक तथा सुरक्षाका उपाय अपनाएर रक्तदान अभियान सञ्चालन गरिएको कुँवरको भनाई छ । रक्तदान कार्यक्रममा लायन्स क्लव,रोटरी क्लव,मानव अधिकार संगठनले सघाएका छन् भने मुख्य आयोजकको रुपमा चक्रपथ सफाइ अभियान रहेको छ । रक्तदान कार्यक्रम हरेक हप्ता हुने आयोजकले जनाएको छ ।