असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

0
65

काठमाडौं– सरकारले असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले कोरोना भाइरस संक्रमण जोखिमका कारण चैत पहिलो सातादेखि रोकिएका अन्तरजिल्ला (लामो दुरीका) यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।