कोरोना संक्रमणबाट १५ जनाको मृत्यु

0
30

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६ जना काठमाडौंका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ पुरुष र १ महिला, मोरङमा २ पुरुष, ललितपुर, भक्तपुर र रामेछापमा एक–एक जना पुरुष, गोरखा, नवलपरासी, पर्सा र कपिलवस्तुमा एक–एक जना महिलाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६५ प्रतिशतको ज्यान गएको छ ।