अनसनरत डा के सीको भेरी अञ्चल अस्पतालमा उपचार हुँदै

0
32

स्वास्थ्य अवस्था बिग्रदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियू कक्षमा अनशनरत सत्याग्रही डाक्टर गोविन्द केसीलाई सोमबार नेपालगन्ज ल्याइएको छ ।
दुई दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियू अस्पतालमा भएपनि कुनै उपचार लिन नमानेका केसीलाई सोमबार दिउँसो समिट एयरमार्फत नेपालगन्ज ल्याइएको हो ।

१९ औं सत्याग्रहको आठौं दिन सोमबार डा। केसी नेपालगञ्जकै भेरी अस्पतालमाको क्याबीन नम्बर चारमा राखेर उपचार गरिरहेको भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो ।
डा। केसीको उपचारमा भेरी अस्पतालका डाक्टर संकेत रिसाल र डाक्टर निर्मल शाक्य, डाक्टर राजेश मण्डल र नर्स इश्वरी केसी खटिनुभएको भेरी अस्पतालका मेसु डाक्टर थापाले जानकारी दिनुभयो ।

केसीसँग उनको नियमित जाँच गर्दैै आएका डाक्टर प्रविण गिरी र हिमाल कार्की पनि सगै रहेका छन् ।
डा। केसीले आठौं दिनमा आएर आज भेरी अस्पतालमा रगत जाँचका लागि डा केसी राजी भएको डाक्टर प्रविण गिरीले जानकरी दिनुभयो । ‘सबैभन्दा राम्रो कुरा आठौं दिनमा आएर डा। केसीले स्वास्थ्य जाँच गर्न राजी हुनुभएको छ’, डाक्टर गिरीले भने, ‘रगत जाँच गरिएको छ, सलाइन पानी दिइरहेका छौं ’ गिरीले भोलि बिहानको फलाइटबाट काठमाडौं जाने तयारी भएको सुनाए ।
भेरी अस्पतालमा डाक्टर डा।केसीको उपचारमा सहभागी संकेत रिसालले केसीको अवस्था सामान्य रहेको बताउनुभयो । ‘भाइटल राम्रै छ पल्सको चाल राम्रै छ । तर अपकोर्स लामो समय अनशन बसेकाले स्वास्थ्य अवस्था कमजोर छ, ’ डाक्टर रिसालले भने, ‘थप कुरा अरु रिपोर्ट आएमा भन्न सकिन्छ ।’

डाक्टर केसीको स्वास्थ्य लाभको कामना गर्दै अस्पताल बाहिर नेपालगन्जका नागरिक समाजले दिप प्रज्वलन गरेका थिए ।