२०१९ मा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष डाँगीकाे कार्यकारीणी उपाध्यक्षमा उम्मेदवारी

0
36

२० असाेज काठमाडौं । नेपाल जेसिजको कार्यकारीणी उपाध्यक्षमा माेहन लाल डाँगीकाे उम्मेद्धारी परेकाे छ ।

थानकोट जेसिजकाे अध्यक्ष मनाेज श्रेष्ठ सहितकाे नेतृत्वको टाेलीले थापाथली स्थित नेपाल जेसिजकाे कार्यालयमा आफ्नाे उम्मेदवारी दर्ता गराएकाे हाे ।

जेसिज अभियानमा छोटो समयमै आफ्नो अमुल्य समयलाई योगदान गर्देै युवा नेतृत्वमा अग्रसर युवा मोहन लाल डागी ले नेपाल जेसिजको वर्ष २०२१ को लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदको लागि उम्मेद्धारी दर्ता गराईएकाे थानकोट जेसिजका कानुन सल्लाहकार राेसन दानीले बताए ।

थानकोट जेसिजमा वर्ष २०१८ मा साखा अध्यक्ष हुदा थानकोट साखालाई उत्कृष्ट साखाको रुपमा परिचित गराउदै २०१९ मा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदमा समेत आफ्नो उल्लेखिय भुमिका डाँगीले निभाइसकेका छन् ।

समाज तथा संग संगठनका हरेक समस्या र चुनौतीलाइ अवसरको रुपमा लिनुपर्छ भन्ने मान्यता राख्ने डागीले धेरै संघ संगठनमा सफल नेतृत्वदायि भुमिका खेल्दै एका छन्।

उम्मेदवारी दता गराउन पुगेका उनले अव जेसिजलाई राष्ट्र र सरकार संग जोडेर अगाडी लानु पर्ने र ति युवाहरुको योगदानलाइ राष्ट्रले सम्मान गर्नुपर्ने वताए ।