खुल्याे सतुङ्गलमा चन्द्रागिरि कमप्लेक्स

0
24

काठमाडौं, १ कात्तिक । काठमाडौंको चन्द्रागिरी–११ सतुङ्गलमा नयाँ अत्याधुनिक चन्द्रागिरि कमप्लेक्स सञ्चालनमा आएको छ ।
शनिबार एक कार्यक्रमका बीच सामाजिक दुरी कायम गर्दै चन्द्रागिरी नगरपालिकामा नगरकै पहिलो सुविधा सम्पन्न चन्द्रागिरी कमप्लेक्सकाे सुभारम्भ गरिएको हो ।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी उक्त अत्याधुनिक सुविधा सम्पन्न चन्द्रागिरि कमप्लेक्सकाे उद्घाटन गरेका हुन् ।                                                 
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीले यस्ता व्यापारिक स्टोरहरू सञ्चालनले आधुनिक बजारीकरण हुने र व्यवस्थित शहर निर्माणकार्यमा महत्त्वपूर्ण हुन जाने बताए ।
आधुनिक शहरमा व्यवस्थित र मर्यादित तवरले सञ्चालनमा आएका यस्ता स्टोरहरूबाट एकै ठाउँबाट आम नागरिकहरूले सेवा पाउने भएकाले नगरकै बिकासमा थप टेवा पुग्ने मेयर गिरीको भनाइ छ ।चन्द्रागिरी कमप्लेक्सका सञ्चालक निरज प्रजापतिले करिब साढे तिन करोड लगानीमा सञ्चालित स्टोरबाट आम उपभोक्ताहरूलाई घरदैलोमै गुणस्तरीय सेवा सुविधासहित उच्चस्तरीय सेवा प्रवाहमा जोड दिने उदेश्यले कमप्लेकस सञ्चालनमा ल्याइएको बताए ।
सञ्चालक प्रजापति भन्छन,”यस परिसरको मुख्य विषय भनेको स्थानीय समुदायका युवाहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्नु र फैन्सी उत्पादनहरूका सम्बन्धमा सजिलो र राम्रो सेवाहरू प्रदान गर्नु पनि हो।
उक्त भवन भित्र गरिमा बैंक र सहकारी समेत सञ्चालनमा आएकाे छ । चन्द्रागिरिकै ठुलाे रेष्टुरेन्ट सहित ५०० जनाकाे क्षेमता सहित सेमिनार हल समेतकाे सुविधा भएका कारण गुणस्तरीय सेवा दिन कमप्लेकस सधै तयार रहने जनाएको छ ।