तनहुँको मानुङकोटमा पर्यटकको भिड हेर्नै पर्ने स्थलगत भिडियो रिपोर्ट ।

0
1494

तनहुँ जिल्लाको सदरमुकाम दमौलीनजिकै रहेर पनि कुनै समय ‘बत्तीमुनिको अँध्यारो’ का रुपमा परिचित व्यास नगरपालिका ५ मानुङकोट पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। अहिले मानहुँकोट पुग्ने पर्यटकलाई पैदल हिड्न नपर्ने र सवारी साधनबाट करिब ३० मिनेटमै पुग्न सकिने भएकाले पनि यहाँ पर्यटक बढेका हुन्।

एक किलोमिटर बाटो कालोपत्र भइसकेको यस ठाउँमा कालोपत्र गर्ने क्रम जारी रहेको छ। समुद्री सतहदेखि एक हजार १०० मिटर उचाइमा रहेको मानहुँकोटमा शनिबार र बिदाको दिनमा ५०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन्। मानहुँकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश‌ृंखलाका साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम निर्माणस्थल एवं मनोरम दृश्यहरू देख्न सकिन्छ। मानुङकोट डाँडाबाट देखएिको दृश्य र थप जानकारी भिडियोमा हेर्नसक्नुहुनेछ । https://www.youtube.com/watch?v=iYDnTTPdjU4