पत्रकार सुसिल पाण्डे सम्मानित,जेष्ठ नागरिक जिउँदो भगवान हुन सबैले सम्मान गरौ ।

0
649

जेष्ठ नागरिक सरोकार समाज नेपालले जेष्ठ नागरिकको हक अधिकारलाई प्रथामिकता दिएको भन्दै पत्रकार सुसिल पाण्डेलाई सम्मान गरेको छ । पछिल्लो १५ बर्ष देखि टेलिभिजन पत्रकारिताको माध्यमबाट जेष्ठ नागरिकको बिषय उठाई योगदान पुर्याएकोमा हाल एभिन्युज खवर टिभिमा कार्यरत प्रस्तोता सुसिल पाण्डे लाई जेष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो। बुधबार पोखराको शान्ति बाटिकामा आयोजित कार्यक्रममा स्थानिय जेष्ठ नागरिकबाट प्रशंसा पत्र प्रदान गर्नुका साथै नगद १५ हजार सहित आभिन्नदन गरिएको हो। सम्मान ग्रहण गर्दै पाण्डेले जेष्ठ नागरिक समाजको जिउँदो भगवान भएको बताउँदै जेष्ठ नागरिकको सम्मानका लागि आफुले क्षमताले भ्याए सम्म पहल गर्ने धारणा राख्नु भएको थियो ।