भागरथीका बलात्कारी र हत्यारलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली ।

0
236

बुटवल,१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नहरु छिट्टै पक्राउ पर्ने बताएका छन् ।

नेकपा ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बद्नाम गर्न अपराधीहरु सक्रिय भएको बताए । ‘निर्मला हत्याकाण्ड होस् वा भागरथी हत्या काण्ड होस्, यस्ता अपराधीहरुलाई पानी मुनी गए पनि छोडिने छैन’ उनले अघि भने, ‘विश्वको कुनै भागमा पुगेपनि छोडिने छैन । समाताएर ल्याएर कारबाही गरिनेछ ।
उनले अघि भने, २|४ दिन भाग्लान एक वर्ष उम्किएलान् । एक वर्ष थर्कमानको जिन्दगी बिताएपनि सजाय घट्ने बाला छैन । पुराकापुरा सजाय गरेर छोड्ने छौं ।

प्रधानमन्त्रीले भागरथी हत्यामा संलग्न अपराधी केही समयभित्रै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।