विनयजंग बस्नेत पक्राउ,अभद्र ब्यबहारमा मुद्धा चलाइने ।

0
162

फागुन ४ काठमाडौं । काठमाडौंमा बेवारिसेका पिता भनेर चिनिएका विनयजङ्ग बस्नेत पक्राउ परेका छन् । बस्नेतले नै वेशारीसेको काममा ल्याएका सपना रोका मगरको उजुरीका आधारमा प्रहरीले नयाँ वसपार्कबाट पक्राउ गरेको हो ।
विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । एउटा युटुव च्यानलमा बस्नेतले अन्तरवार्ता दिंलै सपनाको पोल खोलौ भन्दै आफुसँग सपनाका फोटो र भिडियो भएको बताएका थिए । त्यस लगत्तै सपनाका केही अपाच्य तस्विर सामाजिक सञ्जालमा भाईरल भएको थियो ।