लोकतन्त्रबाट एक इन्च पनि तल माथि नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ।

0
52

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले लोकन्त्रको बाटो नबिराउने बताएका छन् ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।
देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै उनले निर्वाचित मितिमा चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।
कुनै हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने क्रियाकलाप कसैले गर्न नहुने भन्दै उनले भने, ‘सानातिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा एकताबद्ध भएर अगाडि बढौं ।’