पत्रकार महासंघको सभापतिमा विपुल पोखरेलको उम्मेदवारी, के छन् त चुनावी एजेण्डा र प्रतिवद्धता । (भिडियो सहित)

0
135

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि चैत्र २५ गते हुने निर्वाचनमा साझा उम्मेदवारको रुपमा विपुल पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । हाल उपाध्यक्ष रहेका पोखरेल लामो समय देखि महासंघको बिभिन्न तहमा रहेर काम गर्दै आईरहेका छन् । १३ हजारको संख्यामा रहेका साधारण सदस्यहरुले मतदान गर्न पाउने ब्यबस्था भए पछिको पहिलो निर्वाचनमा नेपाली काँग्रेस निकटको प्रेस युनियन,एमाले निकट माधव नेपाल पक्षको प्रेस चौतारी,माओवादी केन्द्र निकटको प्रेस सेन्टर लगायतका ठुला संगठनहरु बिच भएको सहमतीका आधारमा पोखरेल सभापतिको सम्मेदवार भएका हुन् । निर्वाचनको समयमा पत्रकारका हक हित र अधिकार चर्को नाराको रुपमा आउने भए पनि निर्वाचन पछि पत्रकारहरुको आवाज बोल्ने छाता संगठन गुमनाम हुने गरेको आरोप लागीरहेको सन्दर्भमा हुन लागेको निर्वाचनमा सभापतिका प्रत्यासी पोखरेल सँग उहाँका चुनावी एजेण्डा के छन् ? तपाईलाई अध्यक्ष बनाए पछि पत्रकारहरुको हक अधिकारका लागि के गर्नु हुन्छ ? भन्ने सन्दर्भमा नेपाल पुकार सँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।