राष्ट्रिय जनमाेर्चा सम्मेलनकाे अन्तिम दिन नयाँ नेतृत्व चयन गर्दै

0
711

चैत्र २६ बुटवल । बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनकाे तेस्राे दिन सम्म बन्द सत्र जारि रहेकाे छ ।  नयाँ नेतृत्व चयन गर्दै आज राष्ट्रिय जनमाेर्चाकाे राष्ट्रिय सम्मेलन सम्पन्न हुन गई राष्ट्रिय जनमाेर्चाले जनाएको छ ।

हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गरिएको हाे ।

सम्मेलन बाट राजनीतिक सांगठनिक प्रतिवेदन समेत सर्वसम्मतले पास भएकाे छ भन्ने आर्थिक प्रतिबेदन पास हुन बाकी रहेकाे राष्ट्रिय जनमाेर्चाकाे सचिवालयले जनाएको छ ।

बैठकले सम्मेलनमा पारित हुने दस्तावेजहरुको मस्यौदा तयार गर्न अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरेको थियाे । सदस्यहरुमा उपाध्यक्ष दुर्गा पौडेल, महसाचिव जनकराज शर्मा, कोषाध्यक्ष हिमलाल पुरी र केन्द्रीय सदस्य मनोज भट्ट रहेका छन् ।

त्यस्तै महासचिव जनकराज शर्माको संयोजत्वमा १३ सदस्यीय सम्मेलन व्यवस्थापन समितिको गठन भएको हाे । सदस्यहरुमा उपाध्यक्षद्वय बद्रे आलम र दुर्गा पौडेल, केन्द्रीय सदस्यहरु कृष्णबहादुर खड्का, नन्दराज भट्ट, झविलाल थापा, घनश्याम न्यौपाने, लालबहादुर थापा, सुधा शर्मा, सल्लाहकार अमर थापा र अमर नेपाली तथा हरिकिशोर महतो रहेका छन् ।

‘भ्रष्टाचार व्यापक रुपले मौलाएको छ । माफियाहरुको चलखेल बढेको छ । गरिबी, बेरोजगारी, हत्या हिंसा र बलात्कारका घटनाहरु बढेका छन् । राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि वैदेशिक हस्तक्षप बढ्दो छ’ राष्ट्रिय जनमोर्चाले भनेको छ ।