महानगरका मेयर शाक्य र निःशुल्क एम्बुलेन्स सेवा सञ्चालकहरु बिच भेटवार्ता । ( भिडियो सहित )

0
133

समाजका लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुबाट कोभिड संकट सामना गर्न नि शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा आए पछि महानगर पालिका सकृय भएको छ । पुर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालको नेतृत्वमा अभियन्ता ज्ञानेन्द्र शहाी,नायक निखिल उप्रेती, डा सुभाष घिमिरे लगायतको सहभागीतामा २४ सै घण्टा नि शुल्क एम्बुलेन्स सेवा सुचारु भए पछि काठमाण्डौ महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले खनाल नेतृत्वमा भएको कामको बारेमा जानकारी लिनु भएको छ । चावहिलमा रहेको ऊँ समाज डेण्टल अस्पताल पुगेर मेयर शाक्यले जनस्तरबाट भएको कामको जानकारी लिंदै महानगरले गर्नु पर्ने सहयोग के हो रु भनी सोध्नु भएको थियो । खनाल नेतृत्वको प्रतिनिधिसँगको छलफलमा मेयर शाक्यले महानगर पालिका समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरुसँग सहकार्य गरेर अगाडी बड्न तयार रहेको धारणा राख्नु भएको थियो । पुर्व आई जि पी खनालले कोभिडको संकट समाधान गर्न राज्यलाई सघाउने उद्धेश्यले परोपकारी कामको थालनी गरेको बताउँदै यो अभियानमा संसारभरका नेपालीले सहगोग गर्ने धारणा राखेका राख्नु भएको थियो । हाल घर घरमा अक्सिजनको सिलिण्डर रहेको र अस्पतालमा सिलिण्डरको अभाव देखिएकाले स्थानिय सरकारले अनुगमनलाई तिब्रता दिनु पर्ने सुझाव दिएका खनालको थिए । अभियन्ता ज्ञानेन्द्र शाहीले निजि अस्पतालले सेवा गर्नु पर्नेमा संकटलाई बढावा दिएको भन्दै महानगर पालिकाले तत्काल अनुगमन गर्न आग्रह गरेका गर्नु भएको थियो। छलफलका क्रममा मेयर शाक्यले निर्माण सम्पन्न भएको विर अस्पतालको नयाँ भवन आगामी आईतवार देखि सञ्चालनमा आउने जानकारी दिएका थिए । मेयर शाक्य र नि शुल्क एम्बुलेन्स सेवा सञ्चालकहरु बिच भएको छलफल भिडियोमा हेर्न सक्नुहुनेछ ।