राजधानीमा निषेधाज्ञा २९ गते सम्म थप गर्ने प्रमुख जिल्ला अधिकारीहरुको निर्णय ।

0
112

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ । यस अघि बिहान १० बजे सम्म र साँझ ५ बजे देखि ७ बजे सम्म पसल खोल्न दिने निर्णय गरेको थियो ।