पोखरा, ३ मङ्सिर । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचनका लागि प्रमुख तीन दल मिलेर अघि बढ्नुपर्ने बताएका छन् । पोखरामा पत्रकारसँगको कुराकानीको क्रममा पाण्डेले अब हुने तीन तहको निर्वाचनमा तीनवटै पार्टीले पालैपालो सरकारको नेतृत्व गरेर भए पनि देशमा आइपर्ने सङ्कटको अन्त्य गर्नुपर्नेमा जोड दिए । संविधान संशोधन गर्ने चर्चा सत्ता जोगाउने खेल मात्रै भएको बताउँदै पाण्डेले संविधान संशोधनको ठोस प्रस्ताव आए एउटै टेवुलमा बसेर छलफल गर्न एमाले तैयार रहेको बताएका छन् ।