नेपालमै कृषिबाट रु. एकलाख आम्दानी ।

0
454

म्याग्दी, ३ मङ्सिर ।  म्याग्दिका दिलबहादुर किसान पुशपालन र कृषि पेसाबाट मासिक रु. एक लाखसम्म कमाइ गर्न थालेका छन् । मलेसिया, कतार र दुबईमा एक दशकसम्म काम गरेका किसानले विदेशमा कमाइ गर्न नसकेपछि गाउँ फर्किएर रु. दुई लाख ऋण खोजी कृषि र पशुपालन सुरु गरेका हुन् । उनले तीन रोपनी जग्गामा कुखुरापालन, बङ्गुरपालन, बाख्रापालन, सुन्तला, केरा र तरकारीखेती गर्नुभएको छ । विदेशमा सोचेजस्तो कमाइ नहुने र त्यहाँ गर्ने दुःख गाउँमै गरे मनग्य आम्दानी गर्न सकिँने उनको बुझाई रहेको छ । घर आसपासका क्षेत्रमा खेर गएको जमिनमा अम्रिसो खेतीसमेत गरेका उनले पशुपालन र कृषि पेसालाई सँगै अगाडी बढाएका छन् । आयआर्जनको माध्यम नै कृषि र पशुपालन भएको उनको ठम्याइ छ ।