निर्वाचनको मिति घोषणा जिम्मेवारी आयोगलाई नै दिनुपर्छ : मन्त्रि निधि ।

0
212

 काठमाडौँ, ५ मङ्सिर ।  सरकारले निर्वाचनको मिति घोषणा निर्वाचन आयोगबाटै हुनुपर्ने भन्ने मान्यताप्रति विवाद नरहेको स्पस्ट पारेको छ। आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा राज्य व्यवस्था समितिको आजको बैठकमा सरकारले त्यस्तो अभिमत प्रकट गरेको हो । उपप्रधानमन्त्री विमलेन्द्र निधिले निर्वाचनको मिति घोषणा गर्ने जिम्मेवारी आयोगलाई नै दिनुपर्छ भन्ने सोच सरकारको रहेको बताउभएको छ । आयोगलाई सक्षम बनाउन सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री निधिले मतदाता जागरण अभियान सफल पार्न सरकारी सहयोग रहिरहने बताउनुभयो । प्रस्तुत विधेयकमा सांसदबाट प्राप्त संशोधनलाई समायोजन गरिने बताउँदै उहाँले प्राप्त सुझाव र संशोधन उपयोगी छन् भन्नुभयो ।