संयुक्त राष्ट्रसङ्घका नवनियुक्त महासचिवको चिन भ्रमण तय ।

0
719

बेइजिङ, ७ मङ्सिर एजेन्सी । संयुक्त राष्ट्रसङ्घका नवनियुक्त महासचिव एन्टोनिओ गुटेर्रेसले नोभेम्बर अन्त्यमा चीनको दुईदिने भ्रमण गर्ने भएका छन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले गुटेर्रेसको चीन भ्रमणबारे सञ्चारमाध्यमसँगको नियमित कुराकानीका क्रममा सोमबार जानकारी गराएका थिए । उनले गुटेर्रेसको चीन भ्रमणलाई बेइजिङले विशेष महत्वका साथ लिएको बताएका छन् ।

गुटेर्रेस चीनमा रहँदा चिनियाँ उच्च नेतृत्व, विदेशमन्त्री वाङ यी लगायतका अधिकारीसँग भेट गर्ने कार्य तालीका बनेको छ ।

यसबारे विशेष तयारी भइरहेको र छिट्टै सम्पूर्ण कार्यक्रम सार्वजनिक हुने गेङले सञ्चारमाध्यमलाई बताएका छन् ।

भेटका क्रममा चीन र महासचिव गुटेर्रेसबीच समसामयिक अन्तर्राष्ट्रिय अवस्था, संयुक्त राष्ट्रसङ्घका भावी कार्यक्रम, चीन–संयुक्त राष्ट्रसङ्घ सहकार्यलगायतका आम चासोका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा छलफल हुने छ ।