काठमाण्डौ ,७ मङ्सिर । सामाजीक तथा साँस्किृतिक मुल्य मान्यतालाई कायम गर्दै आएको हाम्रो नेपाली समाज बिभिन्न क्षेत्रमा अन्तरास्ट्रिय स्तरसम्म पुग्ने क्षमता राख्दै नै आएको छ । त्यसमा पनि मनोरन्जनको क्षेत्रमा बिभिन्न बिधामा रहेका युवा कलाकारहरुको क्रेज पनि दिनानुदिन बढ्दै गएको पाईन्छ । यस क्षेत्रमा गायन बिधा धेरैजसो युवायुवतिको आकर्षणको केन्द्रबिन्दु पनि रहेको छ । अहिले गायन क्षेत्रको पप बिधामा भने नँया कलाकारहरुको भुमिका राम्रै सँग हेर्न र सुन्न पाईन्छ । यस्तै अहिलेका युवा पुस्ताका निकै सुन्दर चर्चित पप गायक फिरोज बस्नेतले पनि बेला बेला बजारमा तहल्का मच्चाउँदै आएका छन् । उदयपुरको गाईघाटमा जन्मेका बस्नेत आफ्नो पढाई सँगसँगै गायन क्षेत्रमा पनि जमिरहेका छन् । मोडलिङ् गर्ने चाहाना बोकेर मनोरन्जन क्षेत्रमा पाईला टेके पनि गायक बस्नेतले आफ्नो छबि भने गायन क्षेत्रबाटै बनाईसकेका छन् । आफ्नो म्युजिक भिडियोमा भने मोडलको रुपमा पनि प्राय सुन्दर गायकले भुमिका गर्दै आएका छन् । पारीवारीक समर्थनका साथ साथै पहिलो गिती एल्बम “तिमी बाहेक” बाटनै दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायक बस्नेतको ‘तिमी बाहेक’,’एउटा केटि’,’हामी सारा नेपाली’ र ‘कान्छीको क्या मिठो लजाउने बानी ‘ लगायतका गितले बजार तताउने काम गरिनै रहेका छन् । गायक बस्नेतको ‘एमआर.एमबिएस’ भन्ने ब्याण्ड पनि रहेको छ ,जस्मा ‘समवान स्पेसल’ लगायतका चर्चित गित युट्युबमा पनि हेर्न पाइन्छ । ब्यवसायिक हिसावले पनि सन्तुस्ट रहेका सुन्दर मन र आकर्षक ब्यक्तित्वका धनि गायक बस्नेतले आउने दिनहरुमा पनि श्रोता दर्शकमाझ अहिलेको समय परिस्थीति अनुकुल र युवा जमातलाई आकर्षण गर्ने किसीमका गित सँगित गायर मनोरन्जन प्रदान गर्ने बताउछन् । गायक बस्नेतले अर्को नँया गित ‘माँयाको हाम्रो घर’ पनि दर्शकश्रोता माझ छिट्टै ल्याउने जमर्को गररिहेको बताएका छन् । पे्रम सँग सम्बन्धित उक्त गितको शब्द सँगित र स्वर स्वयम गायककै रहेकोछ । म्युजिक भिडियो देखि लिएर सम्पूर्ण काम सकिय पनि यसको रिलिज डेट भने फिक्स भैनसकेको गायक बस्नेतले बताए ।