मंसिर ८ काठमाण्डौ । नेपाली कांग्रेसका युबा नेता भुपेन्द्र जङ शाहि पश्चिम् नेपालको कर्णालीबाट केन्द्रिय राजनीतिको संबाहकको रुपमा उदाएका छन।भर्खरै पोखरामा सम्पन्न तरुण दलको चौथो महाधिवेशनबाट महासचिव जस्तो महत्त्वपूर्ण पदमा सर्बसम्मत निबाचित हुनुले उनको राजनीतिक भविष्य बलियो भएको बिश्लेषण गर्न सकिन्छ।नेपाली कांग्रेसको प्रमुख भातृ सस्था तरुण दलको महाधिवेशन धेरै दिनको रस्साकस्सी पछि सर्बसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भयको थियो।
आगामी निर्वाचनलाई मध्यनजर गर्दै पार्टी भित्र सहमति र एकताको आधारमा पार्टि सञ्चालन गर्ने सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल बिच सहमति भएको थियो। सहमति पछि देउवाको तर्फबाट अध्यक्षमा जित जङ बस्नेत र पौडेलको तर्फबाट नेतृत्व गर्दै महासचिवमा भुपेन्द्र जङ शाही सर्बसम्मत चयन भयका हुन।
महासचिवमा निर्बाचित भयपछी शाहीको गृह जिल्ला कालिकोट र कर्णाली अञ्चल भरी खुसियाली छाएको छ। कर्णालीको राजनीतिक इतिहासमै प्रमुख राजनीतिक दलको भातृ सस्थाको महासचिव बन्न सफल भयको भन्दै सिङ्गो कर्णाली बासि हर्षित भयका छन। कर्णाली अञ्चलले आज सम्म केन्द्रले छुट्टायको सानो भुमिका मात्र पाउने गरेकोमा हाल ठुलो दल नेपाली कांग्रेसको प्रभाब्शाली संगठन तरुण दलको केन्द्रिय महासचिव पाएपछी केन्द्रिय राजनीतिमा कर्णालीले हस्तक्षेप गर्ने आशा कर्णाली बासिले गरेका छन।
अहिले महासचिव बनेका शाही नेबिसघको केन्द्रिय उपाध्यक्ष समेत भैसकेका हुन, नेबिसघको केन्द्रिय अध्यक्षमै चर्चा आएका शाही साहित्य लेखनमा पनि उत्तिकै सक्रिय छन। दोस्रो सम्बिधानसभाको प्रत्यक्ष सभासदको समेत उमेद्धार भैसकेका शाही निकै लोकप्रिय युवा नेताका रुपमा गनिन्छन् । आगामी राजनीतिमा पश्चिमबाट उदाउदै कांग्रेसको बलियो हस्ती हुने सम्भावना रहेको उनको आलोचकहरुले नै टिप्पणी गर्न थालेका छन् ।
सामाजीक सञ्जाल प्रयोगकर्ताहरुले आगामी संसदिय निर्वाचनमा कालिकोटबाट बिजयी हुंदै मन्त्री बनेको हेर्ने कर्णाली बासिको चाहना भएको भन्दै प्रतिक्रिया दिइरहनुले शाहि जत्तिकै नेतृत्व नेपाली कांग्रेसलाई आवश्यक रहेको पुष्टि हुन्छ ।