सरकारप्रति अध्यक्ष यादव आक्रोशीत ।

0
268

सप्तरी ,८ मंसिर ।  फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलन सामनाका लागि तयार रहनु पर्नेमा सरकारलाई चेतावनी दिएका छन् । सरकार र तीन दलले मुलुकको समस्या समाधान गर्न नचाहेको भन्दै उनले वारपारको संघर्ष गर्ने बताए । यादवले सरकारबिरुद्व आन्दोलनको तयारी शुरु भइसकेको बताएका छन् । राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुदैँ अध्यक्ष यादवले सरकारले हाम्रो मुद्दालाई सम्बोधन गर्छ भन्ने विश्वास नभएको र आन्दोलनको विकल्प नभएपछि आन्दोलनको लागी पुर्ण तयारी समेत थालेको बताएका छन्।संघीय गठवन्धनका संयोजक समेत रहेका यादवले सरकारसँग दुई वटा विकल्प रहेको बताए । दुबै बल सरकारको कोर्टमा रहेको भन्दै उनले या त समस्या समाधान हुने किसिमले संविधान संशोधन गरियोस्, होइन भने यो संविधान खारेजीका लागि हुने आन्दोलनको सामना गर्न तयार होस् भन्ने चेतावनी समेत दिएका छन् ।