अध्यक्ष केसीको स्वास्थ्यमा सुधार ।

0
377

काठमाडौँ, ९ मङ्सिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

बुधबार माइक्रोबस चढेर गौशालाबाट चावहिलतर्फ जाँदै गरेको अवस्थामा गौशालामा दुर्घटनामा पर्नुभएका उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिनुभयो ।

उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना हुनुभएका अध्यक्ष केसीको ढाडमा समस्या भएकोले फिजियोथेरापी लागि सुझाव दिएका छन् भने अन्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका ७६ वर्षीय नेता केसीको टाउको र ढाडमा चोट लागेको थियो ।