काठमाडौँ, ९ मङ्सिर । राजधानीमा दिनदिनै बढ्दो सवारी साधनको चाप बढे सँगै सडकको बिग्रेको अवस्थालाई ध्यानमा राखेर गरएिको सडक बिस्तार केहि मात्रामा सम्पन्न भएको छ । उपत्यकाको विभिन्न स्थानमा ३४.३५५ किमी सडक विस्तार भईसकेको छ भने ५४.२३८ सडक विस्तारको क्रममा छ ।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले आर्थिक वर्ष २०६४÷६५ देखि सडक विस्तारको काम सुरु गरेकामा २१ वटा सडक विस्तार भएको १२ वटा सडक विस्तारका क्रममा रहेको आयोजनाका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिएका छन्।