लाभा मोबाईलको पहिलो सोरुम उद्धघाटन ।

0
367

मंसिर ९ काठमाण्डौं । चिनिया मोबाईल कम्पनी लाभाले पहिलो पटक राजधानीको न्युरोडमा सोरुप सञ्चालनमा ल्याएको छ । लाभाका लागि आधिकारकि बिक्रेता अम्बे ग्रुपले बजारमा ल्याएको लाभा मोबाईलको खिचापोखरी स्थित सोरुमको लाभा इन्टरनेशनल हङकङका ओभरसिज बिजनेश मेनेजर डेभिड याङ र अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानेले बिहिबार संयुक्त रुपमा उद्धघाटन गर्नु भयो । उद्धघाटन कार्यक्रममा बोल्दै निर्देशक न्यौपानेले सस्तो मुल्यमा धेरै फिचर भएको फोन प्रयोग गर्न पाइने भएकाले ग्राहकहरुको पहिलो रोजाईमा लाभा परेको दाबी गर्नु भयो । उहांले मोबाईल बजारको प्रतिस्पर्धामा लाभाको राम्रो बजार भएको दावी गर्दै अब छिट्टै देशका बिभिन्न जिल्लामा सोरुम बिस्तार गर्ने योजना रहेको बताउनु भएको थियो ।
लाभा मोबाईल दक्षिण पुर्वी एसिया,दक्षिण एसिया,मध्यपुर्वका देश तथा दक्षिण अमेरीकी देशहरुमा समेत कारोबार भैरहेको छ । लाभाले सस्तो मूल्यमा उत्कृष्ठ फिचर भएको १० मोडलका मोबाईल बजारमा ल्याएको छ । बिगत ६ बर्ष देखि नेपाली बजारमा कारोबार भैरहेको मोबाईलका देश भर आफ्नै र अर्थ पार्टी मार्फत १६ वटा सोरुम सञ्चालमा भैरहेकोे छ ।