प्रशान्त महासागरमा शक्तिसाली भुकम्प पछि सुनामी आउन सक्ने चेतावनी ।

0
456

काठमाडौं ,१० मंङ्सिर, ।  प्रशान्त महासागरमा ७ रेक्टर स्केलको भूकम्प गएको‘ प्यासिफक सुनामी वार्निङ सेन्टर’ ले जानकारी दिएको छ ।   भुकम्पका कारण मध्य अमेरिकी देश निकारागुआ तथा एल सालभाडोर प्रभावित भएका छन् भने यहाँ सुनामी आउन सक्ने खतराको चेतावनी समेत वार्नीङ सेन्टरले जनाएको छ । भूकम्पपछि जारी गरिएको चेतावनीमा भूकम्पको केन्द्रभन्दा तीन सय किलोमिटर टाढासम्म सुनामीको छाल आउने सक्ने जनाइएको छ । भूकम्पको केन्द्र एल सालाभाडोरबाट करिब १२० किलोमिटर पर रहेको छ । भूकम्पको झट्का निरागुआको राजधानी मनागुआमा पनि महसुस गरिएको थियो ।  अहिलेसम्म जनधनको क्षतिको विवरण नआएको समाचार आएको  छ । जसका कारण कोस्टारिकामा पनि तुफानको सम्भावना देखिएको भन्दै संकटकाल लगाइएको छ । तटीय क्षेत्रमा रहेका करिब चार हजार मानिसलार्इृ सुरक्षित स्थानमा बस्नु पर्ने जानकारी दिईएको एजेन्सीले बताएको छ  ।