रहेनन् पत्रकार कर्ण बोहोरा !

0
661

मंसिर १० काठमाण्डौ । न्युज २४ टेलिभिजनका धनगढि ब्युरो प्रमुख एवं नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष कर्ण बोहोराको निधन भएको छ । राधानीको मध्यबानेश्वर स्थित भेनस अस्पतालमा उपचाररत श्रीमती कुन बसेका बोहोराको शुक्रबार २ बजे अस्पतालमै निधन भएको थियो । उच्चरक्त चापको समस्या भएको बोहोरा श्रीमतीको लामो समय देखि स्वास्थ्य उपचार गराउंदै आएका थिए । श्रीमतीलाई खाना र औषधि खुवाएर अस्पतालको बेडमा आराम गरेका बोहोरा लामो समय नउठेपछि बेलाउंदा चिरनिन्द्रामा परिसकेका थिए । उनको निधनको औपचारीक कारण भने अस्पतालले खुलाई सकेको छैन । उनको पोष्टमार्टम पछि मात्रै निधनको कारण खुल्ने बताईएको छ । बोहोराका पारिवारका सदस्य कञ्चनपुरबाट काठमाण्डौ आउन समय लाग्ने भएकाले दाहसंस्कार शनिबार हुन सक्ने बताइएको छ । उता अस्पतालमा उपचाररत उनको श्रीमतीको अवस्था भने जटिल बनेको छ ।
मेहनती र मिजासिलो स्वभावका बोहोराको निधनले सञ्चार जगतलाई स्तब्ध बनाएको छ ।