प्रचन्ड सरकारप्रति एमाले अध्यक्ष ओलीको कडकपन ।

0
463

काठमाण्डौ ,१० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन र चुनाव छाडेर संशोधनको मात्र कुरा गरेको भन्दै प्रचण्ड सरकारलाई ‘चटके’ भएको आरोप लगाएका छन् ।अमुर्त मागका लागि संविधान संशोधन हुन नसक्ने बताउदै ओलीले यो सरकार संविधान कार्यान्वयन गरेर संक्रमणकाल अन्त्य गर्न बनेको भन्दै निर्वाचनमा ध्यान दिनुपर्ने बताए । मधेसी समुदायको असहमतलाई कसरी सहमतमा ल्याउने भन्ने प्रश्नमा ओली आँफै पनि मधेसी भएकोले सहमतको बिषयमा झन्झट मान्नु नपर्ने बताएका छन् । अर्को एक प्रश्नमा एमाले अध्यक्ष ओलीले संविधान संशोधन विधेयक सरकारले दर्ता गर्दा आफूहरुले रोक्न नसक्ने बताए । संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता हुने हुदाँ विधेयकलाई रोक्नका लागि लाठी लिएर बस्न नसकिने उल्लेख गर्नुभयो ।