सञ्चार माध्यमले नाम बिगारेकोमा प्रमको आपत्ति ।

0
560

काठमाडौँ, ११ मङ्सिर । सञ्चार माध्यमले आफ्नो नाम बिगारेर प्रस्तुत गर्ने गरेकामा प्रधानमन्त्रीले आपत्ति जनाउनुभयो ।माओबादि निकट पत्रकारहरको संगठन प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले “मेरो राहदानी, नागरिकता, राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र, मन्त्रिपरिषद्को बैठकमा गर्ने हस्ताक्षर, प्रमुख राजनीतिक दलको बैठकमा गर्ने हस्ताक्षरमा समेत ‘प्रचण्ड’ लेख्ने गरेको बताउनु भएको हो । तर सञ्चार माध्यमले किन मेरो नाम बिर्गाछ यो मैले बुझ्न सकेको छैन”–प्रधानमन्त्रीले भन्नुभयो ।

उहाँले प्रचण्ड क्रान्ति, परिवर्तनको नाम भएकाले केही सञ्चार माध्यमलाई स्वीकार गर्न गाह्रो भएको बताउनुभयो । सरकारी सञ्चार माध्यमले समेत आफ्नो नाम बिगारेको भन्दै उहाँले सूचना तथा सञ्चारमन्त्रीलाई किन त्यस्तो भइरहेको छ भन्दै तत्काल निरुपण गर्न निर्देशन दिनुभयो ।

उहाँले सञ्चारकर्मीको समस्या समाधान गर्ने केही ठोस योजनाका साथ सरकार अगाडि बढेको र केही दिनभित्रै परिणामसमेत निस्कने बताउनुभयो ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले श्रमजीवी पत्रकारको हितका लागि सरकारले नयाँ सोचका साथ काम गर्ने सोचेको तर कर्मचारीको व्यवहार आलटाल गर्नेमा नै केन्द्रित रहेको कारण केही समय लागेको उल्लेख गर्नुभयो ।

सञ्चार माध्यममा ग्रामीण क्षेत्रको, परिवर्तन र उत्साहको समाचार नआउने गरेकोमा चिन्ता व्यक्त गर्दै उहाँले कमसेकम सरकारी सञ्चारमाध्यममा ती सामग्री प्रस्तुत भइरहेका छन् भन्नुभयो ।

नेकपा९माओवादी केन्द्र०का प्रवक्ता पम्फा भुसालले सकारात्मक समाचार प्रवाह गर्न र जनताको विषय नै सञ्चार माध्यमको प्राथमिकतामा पर्नुपर्ने बताउँदै प्रेस सेन्टर नेपालमा आबद्ध पत्रकारले सोही विषयलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको अध्यक्षतामा बसेको बैठकमा साङ्गठिनक र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि चाल्नुपर्ने कदमलगायत विषय समेटिएको सहमहासचिव विष्णु सापकोटाले जानकारी दिनुभयो ।