क्युवाको सर्वोच्च कमाण्डर कास्ट्रोको निधन, कम्युनिष्ट आन्दोलनमा एक युगको अन्त्य ।

0
244

काठमाडौँ, ११ मङ्सिर । क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको शुक्रबार राति ९० बर्षको उमेरमा निधन भएको खवर उहाँका भाई तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गर्नुहुदै भन्नुभयो, “क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर तथा पूर्व राष्ट्रपति कास्ट्रोको शुक्रबार राती ११ बजेर २९ मिनेटमा निधन भयो ।

खबरले विश्वका कम्यूनिष्ट विचार मनपराउने करोडौं मानिसलाई दुखी मात्र तुल्याएन उहाँको अनुपस्थितिमा उहाँले उठाएका मुद्दाहरु कसरी अघि बढनेछन् भनी चिन्तित बनाउने पक्कै छ ।

फिडेल कास्ट्रो संसारका श्रमजीवी जनताका मित्र, साम्राज्यबाद बिरुद्धको विश्व आन्दोलनका नायक रहेर बिसौं शताब्दीमा कुनै न कुनै रुपमा चर्चाको शिखरमा रहेर दक्षिण अमेरिकी स्वतन्त्रता आन्दोलनका नायक बन्नुभएको थियो ।

सहकार्यबाट असम्भव हुने विषयपनि सङ्घर्षमार्फत पाउन सकिन्छ भन्ने विश्वास राख्ने क्युवाली जनताका सर्वोच्च नेता कास्ट्रोले करिब ५० वर्षसम्म अविराम सत्तामा रहँदा उहाँले आजिवन अमेरिकी प्रशासनको दादागिरीलाई क्युवामा ललकार्नुभयो । यसमा क्युवाली जनताले आफू चरम गरिबी सहेरपनि कास्ट्रोलाई आजिवन सहयोग गरे ।

सन् १२२६ मा क्युवाका दक्षिण–पूर्वी ओरिएन्टे प्रान्तमा जन्मनुभएका क्यास्ट्रोले सानैदेखि समाज परिवर्तन कसरी गर्न सकिन्छ र गरिव तथा बेसहारा मानिसलाई कसरी आर्थिक रुपमा माथि उकास्न सकिन्छ भनेर लाग्नु हुन्थ्यो । धनी परिवारमा जन्मनुभएपनि उहाँ गरिवको साथमा जीवन पर्यन्त रहनुभएको क्युवाली बहुसङ्ख्यक नागरिको बुझाइ रहेका छ