काठमाडौं,१२ मंङ्सिर । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन भएपछि डा. केसीको अनसन जारी रहने उनका प्रतिनिधिहरुले बताएका छन् । सरकारी वार्ता टोलीका संयोजक एवम् शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले वार्तामा पुनः बस्ने सहमति भएको बताए । स्रोतका अनुसार डा. केसीका प्रतिनिधिहरुले त्रिवि उपकुलपति तीर्थ खनियाँ र आइओएमका डीन केपी सिंहलाई बर्खास्त गर्नुपर्ने अडान राखेका थिए । सरकारी वार्ता टोलीका सदस्यहरुले यी विषयमा प्रधानमन्त्रीसँग सल्लाह नगरी सहमतिमा पुग्न नसकिने बताएका थिए ।
‘