बिहानै भुकम्पको धक्का,सुतिरहेकाहरुको भागा भाग ।

0
559

मंसिर१३ काठमाडौं । आज विहानै ५ बजेर २० मिनेटमा रोमछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर भूकम्प भएको छ । उक्त भुकम्पको धक्का,रामेछाप,दोलखा,सिन्धुलि,काभ्रे,सिनधुपाल्चोक,नुवाकोट,धादिङ, काठमाडौं र आसपासका जिल्लाहरुमा समेत महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ बजेर २० मिनेटमा गएको भूकम्प ५.६ रेक्टर स्केलको थियो । यो नयाँ भूकम्प नभई २०७२ साल बैशाख १२ कै भुकम्पको पराकम्प भएको मापन केन्द्रले जनाएको छ । भुकम्पले क्षति पु¥याए नपु¥याएको खुलेको छैन । लामो समय पछि भुकम्पको धक्का महसुश गरिउकाले राजधानीमा केहि समय होहल्ला मच्चिएको थियो ।