संविधान  संसोधनको प्रस्ताब छिट्टै पारीत गर्ने प्रम दाहालको आश्वासन ।

0
287

काठमाण्डौँ, १४ मङ्सिर ।  प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको अन्तिम तयारी भइरहेको बताएका छन् पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको नेकपा माओवादी केन्द्रको पोलिटब्युरोको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रि दाहालले सकेसम्म आजै मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव पारित गर्ने जानकारी दिएका छन्। संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने र सबै पक्षलाई मिलाएर संविधानको सर्वस्वीकार्यता बढाउनेतर्फ सरकार लागिपरेको प्रधानमन्त्रिले बताए । बैठकमा उनले संविधान संशोधनबारे दलबीच हालसम्म भएको प्रयास र छलफलका बारेमा समेत पोलिटब्युरो सदस्यलाई जानकारी गराएको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।