नगरपालिका सारेको भन्दै बजार बन्द ।

0
800

सिन्धुली ,१५ मङसीर ।  दुधौली नगरपालीकाको केन्द्र वडा न.७  रातोडाँडालाई बनाएकोले  नगरपालीका सारेको बिषयमा बिहानै देखि स्थानियले दुधौली बजार बन्द गरेका छन्। बजारका उद्योग बाणिज्य संघका अध्यक्ष बृजनारायण साहले यो सम्पुर्ण स्थानिय पुनसंरचना गर्दा पनि दुधौली बजारलाई केन्द्रबिन्दु बनाइको तर एकाएक नगरपालीका सारीएकोले युको बिरोधमा बजार बन्द भएको हो । साहका अनुसार स्थानियले स्वतस्फुर्त रुपमा बजार बन्द गराएका छन्। यसको बिषयमा जिल्ला प्रशासन कार्यालयको बैठकमा छलफल हुँने पनि अध्यक्ष साहले जानकारी दिएका छन् ।