चित्रेथान टावरमा समस्या आएपछि सन्चार सेवा अबरुद्ध।

0
317

खोटाङ, १६ मङ्सिर ।  उदयपुरको नामेटार गाविसमा रहेको नेपाल टेलिकमको चित्रेथान टावरमा समस्या आएपछि पूर्वका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सञ्चार सेवा अवरुद्ध भएको छ । चित्रेथान टावरको रेडियो लिङ्कमा खराबी आउँदा टेलिकमद्वारा वितरित ल्यान्डलाइन, नमस्ते तथा स्काई फोन एडिएसएल र वाईम्याक्स सेवा अवरुद्ध भएको हो । सवै सञ्चार सेवा अवरुद्ध भएपछि तीन वटै जिल्लाका लाखौँ सेवाग्राही मारमा परेका छन् ।
सञ्चार सेवा अवरुद्ध भएपछि तीनै जिल्लाका बैंक तथा विभिन्न वित्तिय संस्था समेत प्रभावित भएका छन् । तीन वटै जिल्लाका लागि जडान गरिएको चित्रेथान टावर यस अघि पनि पटक पटक अवरुद्ध हुने गरेको नेपाल टेलिकम खोटाङका प्रमुख भरोसी साहले बताए। अवरुद्ध भैरहने भएकोले चित्रेथान टावरलाई व्यवस्थित गर्न सम्बन्धित निकायबाट पहल हुन नसकेको साहको भनाइ छ । अवरुद्ध सञ्चार सेवा चाँडै सञ्चालनमा ल्याउन प्राविधिक टोली खटाइएको नेपाल टेलिकम राजविराजका प्रमुख राजेन्द्रप्रसाद यादवलेजानकारी एिका छन् ।