बाग्मति नदिको किनारमा सौन्दर्यकरण सुरु ।

0
709

 काठमाडौँ, १६ मङ्सिर ।  उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको गोकर्णदेखि सिनामङ्गलसम्म ७ दशमलव २ किमीको दायाँ बायाँ किनारमा सौन्दर्यकरण सुरु भएको छ ।  नदी सौन्दर्यकरण कार्यक्रमअन्तर्गत बगैँचा, रेलिङ र साइकल लेनको निर्माण गरी वाग्मतीको सौन्दर्य प्रवद्र्धनमा सहयोग पु¥याउन लागिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । एसियाली विकास बैंकको रु. एक अर्ब ६० करोड सहयोगमा नदी सौन्दर्यकरण कार्यक्रम सुरु भएको समितिका उपआयोजना प्रमुख योगेन्द्र चित्रकारले जानकारी दिएका छन् । मङ्सिर पहिलो साताबाट सुरु भएको नदी सौन्दर्यकरण २७ महिनामा सकिने छ । गोकर्णदेखि सिनामाङ्गलसम्म ७ दशमलव २ किमीमा नदी र सडकको बीचमा बगैँचा र रेलिङ निर्माण गरिनेछ । सडकमा साइकल लेनको समेत व्यवस्था गरिने आयोजनाले जनाएको छ । निर्माणका लागि कालिका÷¥यान्केन÷लामा जेभीलाई ठेक्कासमेत दिइएको छ ।