पर्सामा प्रहरीद्धारा पत्रकार माथि दुरब्यबहार ।

0
581

मंसिर १७ बिरगञ्ज अशोक तिवारी । समाचार सञ्कलनका क्रममा रहेका इमेज च्यानल र सेतोपाटीका सञ्चारकर्मी माथि बिरगञ्जमा दुरब्यबहार भएको छ । पर्सा जिल्ला अदालत परिसरमा महिलाहरुले गरेको नाराबाजीको समाचार सञ्कलन गरिरहेका स्थानिय पत्रकार अनिल तिवारी प्रहरीको दुरब्यबहारको सिकार भएका छन् । अदालत परिसरमा नारा बाजी गर्न नपाईने तर महिलाहरुले जबरजस्त नारा बाजी गर्न थाले पछि भिड हटाउन प्रहरीले लाडि चार्ज गरेको थियो । सोहि क्रममा दृष्यछायांकन गरिरहेका पत्रकार तिवारी माथि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी सहायक निरिक्षक ये के महतो नेतृत्वको टोलीले दुब्र्यबहार गर्दै सञ्चार उपकरण समेत तोड्फोड गरेका छन् ।

पत्रकार माथि दुरब्यबहार गर्ने प्रहरी सहायक निरिक्षक ए के मेहता ।
पत्रकार माथि दुरब्यबहार गर्ने प्रहरी सहायक निरिक्षक ए के मेहता ।

घटनाको निन्दा गर्दे प्रेस युनियन र पत्रकार महासंघ पर्सा शाखाले दोषी प्रहरीलाई कारवाही गर्न माग गरेको छ । घटाना लगत्तै जारी प्रेस बिज्ञप्ती पछि जिल्ला प्रहरी कार्यालय पर्साका एस पी गोविन्द शाहले दोषी प्रहरी माथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।