डा केसी को माग सम्बोधन, आमरण अनसन तोडिंदै ।

0
502

मंसिर १९ काठमाडौं । चिकित्सा शिक्षाको क्षेत्रमा व्यापक सुधारको मागसहित २२ दिन देखि आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक गोविन्द केसीले आजआफ्नो आमरण अनसन तोड्ने भएका छन् ।
वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन नियुक्ति लगायतका १० बुंदे माग डा. केसीले पछिल्लो अनसनका क्रममा राखेका थिए।

तिनै माग समेट्ने गरी वार्ताकारहरुले शनिबार अबेर एउटा खाका डा। केसीलाई दिएका थिए र त्यसमा केही भाषिक संशोधन गरेपछि उनले सहमति जनाएको वार्तामा संलग्न प्रा डा राजेन्द्र वाग्लेले जनाएका छन्।
शनिबारै वरिष्ठताका आधारमा डा जेपी अग्रवाललाई आइओएमको डीनमा नियुक्त गरिएको थियो।
डा केसी पक्षधर र सरकारी टोलीबीचको वार्तामा संलग्न वाग्लेका अनुसार डा केसी आज बिहान अनसन तोड्न सहमत भएको जानकारी दिए।
सहमति अनुसार एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र १० प्रतिशत बढाएर ३८ लाख रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरिएको छ। उपत्यकाबाहिर चाहिँ उक्त शुल्क ४२ लाख रुपैयाँ हुनेछ।

डा केसीको पछिल्लो प्रमुख मागमध्येको त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा भने प्रष्ट रुपमा सम्बोधन भएको देखिदैंन। उपकुलपतिहरुको नियुक्तिसम्बन्धी मापदण्ड बनाउन शिक्षाविद् केदारभक्त माथेमाको संयोजकत्वमा समिति बनाउने सहमति भएको बताइएको छ।