पोखरा,१९ मंसिर । आहा रारा गोल्डकपको १५औं संस्करण आगामी माघ ४ गतेदेखि १५ गतेसम्म आयोजना हुनेभएको छ । अखिल नेपाल फुटवल संघ एन्फाको समन्वयमा प्रतियोगिताको मिति तय गरिएको हो । आयोजक सहारा क्लवकाले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी थालिएको जानकारी दिएको छ ।सहारा क्लवका अध्यक्ष बीरभद्र आचार्यले खेलकुदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने साविकको नारा अनुरुप प्राप्त समय तालिका अनुसार प्रतियोगिताको तयारी सुरु गरिसकेको बताएका छन्।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १२ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा राष्ट्रिय स्तरका ५, ३ विदेशी, ३ विभागीय र एक आयोजक टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख एक हजार, उपविजेताले २ लाख ५१ हजार नगद पुरस्कार पाउनेछ भने उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पुरस्कार पाउनेछन् ।