बिजुलीको खपतको लागी अब उपभोक्तामाझ एलइडी बल्ब ।

0
260

 काठमाडौं,१९ मंसिर । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाउने अभियानलाई सुख्खा याममा पनि सफल बनाइराख्न एलइडी बल्बलाई विशेषरुपमा प्रवर्द्धन गर्ने भएको छ । प्राधिकरणले एलइडी लाइट आफैं खरिद गरेर उपभोक्तालाई वितरण गर्ने योजना ल्याएको छ । उभोक्तालाई साधारण सीएफएलभन्दा कम बिजुली खपत गरेर उच्चस्तरको प्रकाश दिने एलइडीको प्रयोगमा प्रोत्साहित गर्न लागेको हो । यसका लागि उपभोक्तालाई किनेर नै प्राधिकरणले एलइडी लाइट वितरण गर्ने योजना बनाएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । प्राधिकरणबाट किन्दा उपभोक्ताहरु ठगिनु नपर्ने र सुपथ मूल्यमा बल्ब पाइने घिसिङले बताए । यो लाइटले उपभोक्ताको मासिक बिजुली खर्च पनि कम हुन्छ, राज्यलाई पनि निकै फाइदा पुग्ने हुनाले घिसिङले अब एलइडी लाइट बाल्न उपभोक्ताले कञ्जुस्याँई गर्नु नहुँने र यसका लागि आवश्यक सहयोग प्राधिकरणले गर्ने बताएका छन् ।
यसअघि फिलामेन्ट बल्ब विस्थापन गर्न प्राधिकरणले उपभोक्तालाई सिएफएल लाइट बचेको थियो । सो अभियानपछि सिएफल प्रयोग ह्वात्तै बढेको थियो । अब त्यसैगरी एलइडी बल्बमा उपभोक्तालाई आकषिर्त गर्न र यसको महत्व र विशेषताबारे बुझाउन किनेरै भए पनि एलइडी वितरण गर्ने घिसिङले बताए । वितरण गरेको एलइडी बल्बको शुल्क बिजुलीको बिलमै समावेश गर्ने योजना छ । यसबाट उपभोक्तालाई पनि सहज हुने र यसको औपचारिक निर्णय भएपछि टेण्डरमार्फत लाइट किनेर उपभोक्तालाई सहज रुपमा वितरण गराउने घिसिङले बताए।