कुनै हालतमा संसोधन फिर्ता नहुँने प्रमको अडान ।

0
1965

दाङ,२२ मंसिर ।  प्रधानमन्त्री पुस्पकमल दाहालले संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताएका छन् । दाङको राप्ती नदीमा सिसहनिया महदेवा जोड्ने पुलको शिलान्यास समारोहलाई बुधबार देउखुरीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आँफु प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहँुने बरु संसदीय प्रक्रियाभित्रै रहेर परिमार्जन हुनसक्ने बताएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दा फिर्ता गर्न दवाव दिदै आएका बेला प्रधानमन्त्रीले फिर्ता गर्न नसकिने बताएका हुन् । उनले संविधान संशोधनको विरोधमा आन्दोलनरत दलहरुलाई आन्दोलन छाडेर सहमतिमा आउन अपिलसमेत गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अहिले आन्दोलनरत एमालेले पनि गल्ती महसुस गर्ने बताए ।सरकारले हिमाल पहाड तराई जोडेर एकताबद्ध गर्न खोजेको रहेछ, राष्ट्रिय एकता मजबुत गराउन खोजेको रहेछ, तर हामीले त बिखण्डन पो गर्न खोजेका रहेछौं भन्दै एमालेले केहि समयपछि गल्ती महसुस गर्ने पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।