बिश्वकै मोटी महिलाको शल्य क्रिया भारतमा हुने ।

0
951

नयाँ दिल्ली२५ मङ्सिर । ‘विश्वकै सबैभन्दा बढी वजन’ भएकी इजिप्टकी महिला शल्य चिकित्साद्वारा तौल घटाउन आगामी हप्ता भारतको पश्चिमी सहर मुम्बई आउने भएकी छिन् ।

भारतीय शल्य चिकित्सक मुफाजल लाकदवालाले इजिप्टकी ५०० किलोग्राम ९ करिब एक हजार एक सय पाउन्ड० तौल भएकी इमान अहमद अब्देल अतिको शल्यक्रियाको खर्च चिकित्सक आफैले बेहोर्ने गरी उपचार गर्ने प्रस्ताव गरेपछि उहाँ भारत आउनुभएको हो ।

छत्तीस वर्षीया अब्देल अति विगत २५ वर्षदेखि आफ्नो घरबाहिर ननिस्केको उहाँकी बहिनीले बताउनुभएपछि लाकदवालाले उहाँको उपचारका लागि इच्छा प्रकट गर्नुभएको बताइएको छ ।

उहाँ सानो छँदा हात्तीपाइले भएको र यसैका कारण उहाँको तीघ्रा तथा शरीरको अन्य भाग सुनिएर ठूलो भएको थियो । त्यसको केही समयपछि उहाँलाई मस्तिष्कघात भएको थियो । मस्तिष्कघातले थलिएकी उहाँ वर्षौदेखि आफ्नो कोठाबाट बाहिर निस्कन सक्नु हुन्न ।

उपचारका लागि इच्छुक चिकित्सक लाकदवालाले एएफपी संवाददातासँग भन्नुभयो, “मैले शतप्रतिशत निको पार्छु भनेमा म झुटो बोलेको ठहर्नेछ, तर सम्भवभएसम्म मैले उहाँको उपचारमा सघाउने छु ।”

अब्देल अतिले भारतमा करिब दुई महिना लामो उपचारपछि घर फर्किनसक्ने लाकदवालाले बताउनुभयो ।