८८औँ विश्व मानवाधिकार दिवसको अवसरमा र्याली ।

0
745

विराटनगर, २५ मङ्सिर । ८८औँ विश्व मानवाधिकार दिवस बिभिन्न कार्यक्रम गरी बनाइएको छ । दिवसकै अवसरमा आज विराटनगरमा ¥याली निकालिएको छ ।  महिला हिंसा अन्त्य गराँै बालश्रम शोषण अन्त्य गराँैलगायत मानव अधिकारसँग सम्बन्धित विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर जनआन्दोलन चोकबाट निस्केका सो ¥याली बजारको विभिन्न भागको परिक्रमा गर्दै जिविसको परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।मानवअधिकार आयोग पूर्वाञ्चल, मानवअधिकार रक्षक सञ्जाल, मानवअधिकार महिला रक्षक सञ्जालको संयुक्त आयोजनामा निस्केको सो ¥यालीमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, प्रहरी र नसिङ क्याम्पसकी छात्राको उल्लेखनीय सहभागिता थियो ।